समाचार

भाइरल ज्वरो र आँखा पाक्ने रोग बाट बचौं

दमौली खबर संवाददाता

गर्मी बढे सङ्गै तनहुँमा यति बेला भाइरल ज्वरो र आँखा पाक्ने रोग दिले दिन प्रतिदिन सताउन थालेको छ । मानिसको संवेदनशिल अङ्ग आँखा पाक्दा त्यस्को पिडा भोग्नेलाई मात्र थाहा हुन्छ । यो सरुवा रोग भएकाले परिवारको कुनै एक सदस्यलाई यो रोग लाग्यो भने सिङ्गो परिवार तथा परिवार हुँदै समूदायमा पनि सर्दै जाने गर्दछ । यस रोगबाट बच्न भनेकै आँखाको सरसफाइमा ध्यान दिँदै छिटो भन्दा छिटो आँखा अस्पतालमा पुग्नु नै हो । उता यति बेला भाइरल ज्वरो तथा ड्याङ्गो बाट समेत जिल्ला का बासिन्दाहरू चपेटामा परेका छन् । जिल्लाको मुख्य बजारहरू दमौली, डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलेगौडा, लगायतमा भाइरल ज्वरो र आँखा पाक्ने रोग बाट बढि प्रभावित भएका छन् । भाइरल ज्वरो र आँखा पाक्ने रोग प्रति जनचेतना फैला– उदै, सरकारी तथा निजि स्वास्थ्य संस्था हरुले गुणस्तरीय उपचार सेवा प्रदान गरि यति बेला फैलिएको महामारीलाई नियन्त्रण लाग्नु अहिलेको आवश्यक हो । सरुवा रोगको सङ्क्रमणबाट आफू बच्ने र अरुलाई पनि बचाउनु दायित्व बिर्सनु हुँदैन ।


 

Show More

Related Articles

Back to top button