समाचार

योग जागरण ल्याऔं

दमौली खबर संवाददाता

रोग लागेर उपचार गर्दा एकतिर धनको नोक्सान हुन्छ भने अर्कोतिर स्वास्थ्य पनि कमजोर हुन्छ । अझै समयमा उपचार भएन भने मानिसको मृत्यु समेत हुन सक्छ । मानिसको विलासिलो जीवन शैली, विषात्त खानेकुरा आदिले गर्दा विशेष गरेर सुगर र प्रेसरका विरामी बढ्दै गएका छन् । सुगर र प्रेसरका विरामीले नियमित औषधी खानु पर्ने भएको हुँदा आर्थिक नोक्सान हुनका साथै झन्झटिलो जीवन जीउनु पर्ने हुन्छ । योगको माध्यमाबाट सबै प्रकारको रोग निको पार्न सकिने हुँदा प्रचार गर्न आवश्यक छ । योगको प्रचार प्रसार देशै भरी पतञ्जली योग समितिले ठुलो योगदान दिईरहेको छ । यस क्रममा तनहुँ सहर देखि गाउँ गाउँमाा चेतनाको ज्योती फैलाउँदै गएको छ । चेतना फैलाउने क्रममा तनहुँको व्यास नगरपालिका–५ नेपालटार र यस आसपासका बासिन्दाहरुमा योग प्रति रुची बढेको छ । योग शारिरिक तथा मानसिक स्वास्थ्य लाभ हुन थालेपछि बिहान साढे ४ बजे देखि नै स्थानीय बासिन्दा योग गर्न जम्मा हुन थालेका छन् ।

सो ठाउँ स्थित जनजुक्त शाही माध्यमिक विद्यालयको प्राङगणमा जम्मा हुने गरेका छन् । दमौलीबाट पतञ्जलीका योग गुरु पुग्ने वित्तिकै उनीहरुमा उत्साह सुरु हुने गरेको पाईएको छ यो खुुसीको कुरा हो । गाउँमै योग सिक्न पाउँदा गाउँलेहरु त्यसरी उत्साहित हुन थालेका हुन् । खानपानमा राम्रो ध्यान दिन नसक्दा कुनै न कुनै रोगबाट ग्रसित ति बासिन्दाहरु निःशुल्क रुपमा योगा सिक्न पाउँदा रोग निको हुनेमा ढुक्क समेत हुने गरेका छन । १० दिने पतञ्जली योग विज्ञान शिविर निःशुल्क रुपमा संचालन भएपछि सागे रानीटारी, नेपालटार, निबुवाखोला, बाह्रबिसे, पण्डित कुना, म्याग्दे ७ पयेरका बासिन्दाहरु खुशी भएका छन् । योग शिक्षालाई प्रचार प्रसार गर्न स्थानीय सररकारले सहयोग गर्नुपर्दछ । हस्पिटल बनाउन भन्दा रोग नै लाग्न नदिएर ध्यान दिन योग शिक्षाको लागि लगानी गर्न आवश्यक छ । स्थानीय तहले प्रत्येक वडा वडामा जागरण ल्याउन शिविर सञ्चालन गर्नुपर्दछ । यस्तो कार्य गर्न सकियो भने हस्पिटलमा विरामीको चाप घटाउन सकिन्छ र राज्यले स्वास्थ्य क्षेत्रमा हुने लगानी घटाउन सकिन्छ ।

Show More

Related Articles

Back to top button