समाचार

म्याग्देका तीन युवक बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता

दमाैली खबर संवाददाता

तनहुँ, जेठ १८ गते
तनहुँको म्याग्दे गाउँपालिकाका तीन युवका विरुद्ध कतव्य ज्यान मुद्धा दर्ता भएको छ । माछा मार्ने क्रममा एक युवकको मृत्यु भएपछि उक्त कार्यमा सङलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको हो ।
म्याग्दे गाउँपालिका–६ अकला निवासी २५ बर्षीय प्रेम बहादुर कुमाल, २८ बर्षीय सन्तोष थापा र म्याग्दे–३ पसले निवासी २६ बर्षका शुसन राना बिरुद्व मुद्वा दर्ता गरेको प्रहरीले जनाएको छ । म्याग्दे –६ अकला निवासी २१ वर्षिय विमल थापाको स्थानीय म्याग्दे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आईतबार मृत्यु भएपछि उक्त कार्यमा सङ्लग्न व्यक्ति बिरुद्व कर्तव्य ज्यान कसुर संम्बन्धि मुद्वा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्ष मोहनबाहादुर खाँडले जानकारी दिनुभयो ।
तनहुँ जिल्ला अदालतमा उपस्थित गराई बुधबार दश दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो ।



 

Show More

Related Articles

Back to top button