हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको मनकामनाचोकमा अचेत भेटिए युवक, पहिचान खुल्न सकेन

प्रहार समाचार । तनहुँ, ७ असोज २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका–१ मनकामनाचोकमा एक युवक अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको छ। युवकको पहिचान खुल्न नसक्दा प्रहरीले आफन्त तथा परिवारको खोजी गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज करिब ३ः४० बजे मनकामनाचोकस्थित सडक क्षेत्रमा नामथर र वतन नखुलेका अन्दाजी २४/२५ वर्षीय पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली घटनास्थलमा पुगेर युवकको उद्धार गरेको हो।प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको जनाएको छ।

अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।अचेत अवस्थामा फेला परेका युवकको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीले उनको परिवार वा आफन्तबारे जानकारी प्राप्त गर्न खोजतलास गरिरहेको जनाएको छ। युवकलाई चिन्नुहुने वा उनको परिवार तथा आफन्तबारे जानकारी भएका व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button