हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

राजस्व छलेर बालुवा ओसारपसार गर्ने ट्याक्टर तनहुँ प्रहरीको फन्दामा

प्रहार समाचार । तनहुँ, ५ असोज २०८३ सोमबार । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्ने क्रम नरोकिएपछि प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिएको छ। यसैक्रममा शुक्लागण्डकी नगरपालिका–२ स्थित पृथ्वी राजमार्गबाट अवैध रूपमा बालुवा ढुवानी गरिरहेको अवस्थामा प्रहरीले एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २०८३ असोज ४ गते अस्थायी प्रहरी पोस्ट कोत्रेबाट खटिएको प्रहरी टोलीले पृथ्वी राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा अवैध नदीजन्य पदार्थ (बालुवा) ढुवानीमा संलग्न ट्याक्टर फेला पारेको थियो।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि शुक्लागण्डकी नगरपालिकाको कार्यालय, दुलेगौडामा पठाएको थियो।नगरपालिकाले उक्त ट्याक्टरलाई १२ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जरिवाना असुलपछि ट्याक्टर छाडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि प्रहरीले चेकजाँचलाई निरन्तरता दिइरहेको जानकारी दिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button