आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

लागुऔषध नियन्त्रणमा तनहुँ प्रहरीको सक्रियता : ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद

प्रहार समाचार । तनहुँ, ५ असोज २०८३ सोमबार । पृथ्वी राजमार्गमा तनहुँ प्रहरीले सक्रियता बढाउँदै लगेपछि प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन् । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारमा गरिएको चेकजाँचका क्रममा प्रहरीले यात्रुवाहक बसबाट ६९ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।

मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको बसलाई अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शुक्लागण्डकी नगरपालिका–२ तनहुँका ३८ वर्षीय पुरुष र पोखरा महानगरपालिका–३२ कास्कीका ३३ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट लुकाइछिपाइ ल्याइएको अवस्थामा डाइजेपाम २३ एम्पुल, फेनारगान २३ एम्पुल र ब्रुफिनोफिम २३ एम्पुल बरामद गरेको हो ।प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button