व्यासहेडलाईनसमाचारगण्डकी

जेसीआई व्यास नगर २०२३ बाट बाढीपीडितलाई ५१ हजार सहयोग

प्रहार समाचार । तनहुँ , १५ भदौ २०८३ सोमबार । नेतृत्वको कार्यकाल सकिए पनि सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता कायमै राख्दै जेसीआई व्यास नगर वर्ष २०२३ को कार्यकारिणी समितिले बाढीपीडित परिवारका लागि ५१ हजार २३ रुपैयाँ २६ पैसा आर्थिक सहयोग गरेको छ। तत्कालीन अध्यक्ष जेसी राजु रानाको नेतृत्वमा कार्यकारिणी समिति तथा जेसीज सदस्यहरूको पहलमा रकम सङ्कलन गरी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि प्रदान गरिएको हो।

तत्कालीन अध्यक्ष रानाले पद र कार्यकाल सकिँदैमा समाजप्रतिको जिम्मेवारी समाप्त नहुने बताए। विपद्को समयमा पीडितको दुःखमा साथ दिनु मानवताको दायित्व भएको उल्लेख गर्दै उनले आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गरे। बाढीबाट प्रभावित परिवारको पीडा कम गर्न थोरै भए पनि राहत पुग्ने उद्देश्यले सहयोग रकम जुटाइएको उनको भनाइ छ।

जेसीआई व्यास नगरले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विगतदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। विपद्, सामाजिक समस्या तथा समुदायलाई आवश्यक पर्ने क्षेत्रमा आगामी दिनमा पनि आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्दै जाने प्रतिबद्धता जेसीआई व्यास नगरले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button