हेडलाईनसमाचारगण्डकी

कास्कीको पोखरामा नालीको भलले बगाएका आमा छोरीको उपचारकै क्रममा निधन

प्रहार समाचार । कास्की , १३ भदौ २०८३ शनिबार । कास्कीको पोखरामा सडक छेउको नालीबाट आएको तीव्र भलले बगाउँदा गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा निधन भएको छ ।

पोखरा–३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहालको ज्यान गएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ पोखरा–स्थित हर्क चोकमा सडक छेउमा स्कुटर रोकेर झर्ने क्रममा नालीको भलले सुष्मा र रानीकालाई बगाएको थियो। ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै गरेका उनीहरूलाई नालीको पानीको तीव्र बहावले बगाएको प्रहरीले जनाएको छ। भलले बगाएपछि खोजीका क्रममा उनीहरूलाई बिरौटास्थित नहर कुलोबाट गम्भीर अवस्थामा उद्धार गरिएको थियो। तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिए पनि चिकित्सकको प्रयास सफल हुन सकेन। उपचारकै क्रममा शुक्रबार राति ९ः४० बजे सुष्माको र शनिबार बिहान १ः२१ बजे उनकी छोरी रानीकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाले पोखराका सडक, नाली तथा वर्षायाममा बढ्ने आकस्मिक भलको जोखिमप्रति गम्भीर प्रश्न उठाएको छ। सामान्य अवस्थामा देखिने सडकछेउको पानीको बहाव क्षणभरमै ज्यानै लिने विपद्मा परिणत हुन सक्ने यो घटनाले वर्षाका बेला नाली, खोल्सा तथा सडक किनारमा विशेष सावधानी अपनाउनुपर्ने देखाएको छ। म



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button