हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

आजको मौसम :हिमपात र वर्षाले जनजीवन प्रभावित हुने

प्रहार समाचार । काठमाडौँ, १४ माघ २०८२ बुधबार । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहँदा दिउँसो उच्च पहाडी तथा हिमाली भागमा पूर्ण बदली हुने छ। पहाडी र तराई क्षेत्रमा पनि बदलीको अवस्था रहनेछ।

जल तथा मौशम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुन सक्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भाग र कोशी तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


हिमपात र वर्षाका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button