हेडलाईनव्याससमाचारगण्डकीUncategorized

अभियान्ता ढुङ्गानाद्वारा मादी नदी सरसफाइ : एक ट्रयाक्टर फोहोर संकलन

प्रहार समाचार । तनहुँ, १४ माघ २०८२ बुधबार । तनहुँको व्यास नगरपालिका–४ भतेरी स्थित मादीनदी पुल आसपासको एक ट्यावर फोहर सङ्कलन गरेर जल, जमिन र वातावण जोगाउने उदाहरणीय पहल भएको छ।

व्यास ४ जलदेवी टोल निवासी सामाजिक तथा वातावरण अभियन्ता भाग्यशाली ढुङ्गानाको सक्रियता र व्यास नगरपालिकाको सफाइ शाखाको सहयोगमा उक्त पहल भएको हो।


अभियान्ता ढुङ्गाना सहित व्यास नगरपालिकाका सफाइ शाखा प्रमुख विष्णु कुमार जोशी तथा सरसफाइ कर्मचारीहरूको सहभागितामा भएको पहलबाट नदीमा जथाभावी फालिएका फोहोर संकलन गरिएको थियो। होटलबाट निस्कने फोहोर तथा कुखुराको रौं र आन्द्राभुँडीका कारण नदीको करिब ६ सयदेखि ७ सय मिटर क्षेत्र अत्यन्तै प्रदूषित अवस्थामा रहेको पाइएको थियो।
सरसफाइका क्रममा प्लास्टिकजन्य फोहोर र कुखुराजन्य अवशेषहरु एक ट्रयाक्टर सङ्कलन गरेर निकालिएको अभियान्ता भाग्यशाली ढुङ्गानाले बताए ।संकलित फोहोरलाई व्यास नगरपालिकाको ट्रयाक्टरमा लोड गरी व्यवस्थापनका लागि पठाइएको थियो । छ


नदी तथा वातावरण प्रदूषित बनाउने व्यक्तिहरूलाई स्थानीय सरकारले कडा कारबाही गर्नुपर्ने माग अभियन्ता भाग्यशाली ढुङ्गानाले राखेका छन्। उनि भन्छन् -‘तावरण सरक्षण गर्नु सबैको दायित्व हो र गल्ति गर्ने लाई स्थानिय सरकारले कार्बाही गर्नु पऱ्यो ।’ उनले ‘वातावरणमैत्री सफा व्यास नगर’ र ‘कमिसन तथा भ्रष्टाचारमुक्त सुशासनयुक्त व्यास नगर’ निर्माणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने मा जोड दिएका छन् ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button