प्रहार समाचार । तनहुँ,२४ मंसिर २०८२ बुधबार । तनहुँको बन्दीपुर–१ पिप्लेस्थित पवित्रा माध्यमिक विद्यालयले नयाँ विद्यालय व्यवस्थापन समिति पाएको छ। स्थानीय शिक्षा वातावरण सुधार र विद्यालयको दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयन गराउने लक्ष्यसहित समिति पुनर्गठन गरिएको विद्यालयले जनाएको छ।

नवगठित समितिको अध्यक्षमा डिल बहादुर राना चयन भएका छन्। समितिमा निलकण्ठ मिश्र, शुक्र कुमार श्रेष्ठ, कृष्ण सिंह ठकुरी र तुलसी गान्धारी सदस्यका रूपमा रहनेछन् !
समितिको पहिलो बैठकले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार विस्तार र विद्यार्थी–अभिभावक सहभागितालाई प्राथमिक एजेन्डा बनाउने अपेक्षा गरिएको स्थानीयवासी बताउँछन्। नयाँ नेतृत्व आएपछि पवित्रा मा.वि.ले हाल देखिएका प्रशासनिक तथा शैक्षिक चुनौती समाधानमा सक्रिय भूमिका खेल्ने आशा अभिभावक र समुदायमा रहेको छ। यस अघि उत्त विद्यालयको व्यवस्थापन समितिमा लामो समय देखि किचलो रहँदै आएको थियो ।
























