• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २४ मंसिर २०८२ बुधबार । प्रदेश अस्पताल लमजुङको व्यवस्थापन समितिको अध्यक्षमा विजय गुरुङ चयन भएका छन् ।

मंगलबार बसेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार मातहतका ११ वटा अस्पतालमा एकैपटक नयाँ समिति घोषणा सङ्गै प्रदेश अस्पताल लमजुङको अध्यक्षमा गुरुङलाई चयन गरिएको हो । नयाँ संरचनामा ५० शय्याका अस्पतालको अध्यक्षको योग्यता ‘स्नातक पास + स्थानीय स्थायी बसोबास’ अनिवार्य गरेको थियो ।

राइनास निवासी गुरुङ लामो समयदेखि जिल्लामा राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय परिचित व्यक्तित्व मानिन्छन् । नयाँ व्यवस्थापन समितिमा अध्यक्षसहित ९ जना रहनेछन् । सदस्यतर्फ प्रवीणता प्रमाणपत्र तह (PCL) उत्तीर्णमध्ये एक महिलासहित २ जना रहने प्रावधान राखिएको छ ।
गण्डकी प्रदेश सरकारको मातहत हाल १४ वटा अस्पताल र २ वटा आयुर्वेद अस्पताल सञ्चालनमा छन् । नयाँ मोडेलले स्थानीय स्वास्थ्य संस्था सञ्चालनमा ‘योग्यता + स्थानीय प्रतिनिधित्व’ लाई प्राथमिकता दिएको देखिन्छ ।
























