हेडलाईनसमाचारभानुगण्डकी

थानीमाई मन्दिरको पहुँचमार्ग स्तरोन्नतिमा भानु नगरकार्यपालिकाको दबाब–पहल

प्रहार समाचार । तनहुँ , २३ मंसिर २०८२ मंगलबार । तनहुँको भानु नगरपालिका नगर कार्यपालिकाको आ.व. ०८२/०८३ को पाँचौँ बैठक आज भानु–७ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ। बैठकले भानु–७ मा अवस्थित प्रसिद्घ धार्मिक थानीमाई मन्दिरका पहुँचमार्ग स्तरोन्नति, भक्तजनको चापसँगै बढ्दै गएको व्यवस्थापन चुनौती र संघ–प्रदेश सरकारको अलमलिएको प्रतिवद्धता प्रति चासो व्यक्त गर्दै तत्काल बजेट सुनिश्चितताका लागि पहल तीव्र गर्ने निर्णय गरेको हो।

बैठकअघि नगरप्रमुख आनन्दराज त्रिपाठी नेतृत्वको टोलीले थानीमाई मन्दिर पुगेर दर्शनसँगै श्रदालुहरूबाट आएका गुनासो सुनेको थियो। भीड बढ्दो भए पनि पहुँचमार्ग स्तरोन्नति हुन नसक्दा भक्तजन र स्थानीय दुवैलाई दैनिक ओझेल परिरहेको बताइयो। प्रदेश तथा संघीय सरकारले दिएको पूर्वप्रतिवद्धता समयमै कार्यान्वयन नहुँदा अवस्थाले थप जटिलता बनाएको भन्दै नगर कार्यपालिकाले सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गरी बजेट विनियोजनका लागि विशेष पहल गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

यस्तै, बैठकमा भानु स्वास्थ्य शाखाले थानीमाई मन्दिरमा प्रदान गर्दै आएको निःशुल्क प्राथमिक उपचार सेवाको निरीक्षणसमेत गरिएको थियो। आर्थिक सहयोग सम्बन्धी कार्यविधि अद्यावधिक तथा सुधारबारे आजको बैठकले प्रारम्भिक छलफल गरी आवश्यक तयारी अघि बढाउने निर्णय पनि गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button