हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

तनहुँ दमौलीको निर्माणाधीन खेलमैदानमा फेरि महोत्सव गर्ने : ‘अन्तिम पटक’को नाटक दोहोरियो, खेलकुदको बजेट बालुवामा पानी

प्रहार समाचार । तनहुँ, २३ मंसिर २०८२ मंगलबार । तनहुँको व्यास नगरपालिकाले बि.पी. वनवाटिका खेलमैदानलाई फेरि एकपटक महोत्सव गर्न अनुमति दिएपछि खेल प्रेमिहरु आक्रोशित बनेका छन् । निर्माणाधीन मैदानलाई वर्षैपिच्छे ‘अन्तिम पटक’ भनेर महोत्सव गर्न दिंदा ६० लाखभन्दा बढी लगानी गरिएको खेल मैदान तहसनहस हुने तथा यसमा गरिएको लगानी बालुवामा पानी हाले जातै हुने भएको खेलप्रेमीहरुले बताएका छन । तस्बिरहरु : प्रहार अनलाईन मिडिया

नगर कार्यपालिकाको बैठक नं. २२७ ले नेपाल आदिवासी जनजाति जिल्ला समितिलाई पुस २४ देखि माघ ५ गतेसम्म महोत्सव गर्न दिने निर्णय गरेपछि मैदानको दीर्घकालीन विकासभन्दा व्यापारिक कार्यक्रमलाई प्राथमिकता दिएको आरोप खुलेर उठेको छ।

अघिल्लो वर्ष मात्र १५ लाख खर्चेर गरिएको ट्रेनेज र ग्राउन्ड लेभलिङ अझ सम्हालिन नपाउँदै महोत्सव सञ्चालको लागि फेरि स्टल, खाडल र भारी संरचना निर्माण गरिने भएपछि खेलप्रेमीहरूले नगरको उद्देश्य नै शंकास्पद भएको बताए। एक स्थानीय खेलसमर्थक भन्छन्— “गत वर्ष पनि अन्तिम भन्दै दिइयो, यस वर्ष पनि अन्तिम पटक भनिँदै छ । अब अन्तिम वास्तवमै कहिले हो ?” ।

व्यास नगर खेलकुद समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष जीवन गुरुङले समेत निर्णयप्रति असन्तुष्टि जनाउँदै भने— “मैले खेलमैदान महोत्सवका लागि दिनु हुँदैन भनेको थिएँ। तर बोर्डले फेरि अन्तिम भन्दै निर्णय गरिदियो।”

दमौलीमा मेला–महोत्सवका लागि पर्याप्त वैकल्पिक भू–क्षेत्र खेजि नै नगरि निर्माणाधीन खेलमैदानमै निरन्तर दबाब आउने अवस्था नै मुख्य समस्या भएको स्थानीयहरूको आरोप छ।

विश्लेषकहरूका अनुसार, हरेक वर्ष महोत्सवपछि बिग्रिएको मैदान मर्मतका लागि करदाताको पैसाबाट बजेट खर्चिने अवस्था आउनु प्रति नगर नेतृत्व मौन छ। पालिकाले भने ‘महोत्सवबाट उठेको रकम युवाहरुको खेलकुँदको विकासमा लगाउने गरि अनुमति दिने निर्णण गरिन्छ ।’ भनेर उम्किएको छ ।

खेलकुद क्षेत्रका प्रतिनिधिहरू बल्ल बल्ल खेल्न लायक जस्तो भएको दमौलीको खेल मैदान वर्षै पिछे आयोजना गरिने मेला र महोत्सवलाई दिनु सिङ्गो खेल मैदान नै तहस नहस हुने तथा नगरको खेल कुँद गर्ने स्थलको भविष्य नै माटोमा मिल्ने बताएका छन् । यसरी खेलमैदान विकास होइन, राजनीतिक–व्यापारीक दबाबको दोहोरो चेपुवामा दमौलीको खेल मैदान पुग्नु बिदम्बनाको बिषय भएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button