प्रहार समाचार । काठमाडौँ, १३ भदौ २०८२ शुक्रवार । देशका थुप्रै स्थानमा रातिदेखि लगातार वर्षा भइरहे छ। यसै बिच आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आज दिउँसोदेखि रातिसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दार्चुला, डोटी, अछाम, बाँके, दाङ, पर्वत र जाजरकोटमा गएराति ठूलो वर्षा भएको छ भने काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा हल्कादेखि मध्यम खालको पानी परेको छ। मौसमविद्हरूका अनुसार मनसुन न्यूनचापीय रेखा सरदर स्थानमा रहँदा देशका केही भागमा वर्षा बढ्ने क्रम जारी रहनेछ।
विशेषगरी पहाडी र तराईका बासिन्दालाई सम्भावित बाढी र पहिरोको जोखिमबाट सतर्क रहन मौसम विभागले आग्रह गरेको छ। पछिल्लो समय बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन अझै सक्रिय बन्दै गएको छ।
























