हेडलाईनसमाचारप्रदेशखेलकुद

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग २०२४ : आज दुई खेल हुँदै

प्रहार समाचार । काठमाडौँ, २३ मंसिर २०८१ आइतवार । सिद्धार्थ बैंक लिमिटेड प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को  आयोजनामा भएको प्रतियोगितामा त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ : १५ बजे  जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ।

जनपुर बोल्ट्स यसअघिका तीनै खेलमा विजयी भएको छ भने लुम्बिनी तीनै खेलमा पराजित भएको थियो।दिउँसो १: १५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्दैछन्। सुदूरपश्चिम अघिल्ला तीनै खेल जितेर अंक तालिकाको शीर्षस्थानमा छ।
उसले पहिलो खेल विराटनगरलाई ९० रनले, दोस्रोमा कर्णालीलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो।

चितवन राइनोजले तीन खेल खेलेकोमा १ खेल मात्रै हारेको छ। भारतीय क्रिकेटर शिखर धवन लगायत न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन लगायतको खेल हेर्न त्रिवि क्रिकेट मैदान दर्शक तथा समर्थकले खचाखच भरिएको छ । खेलमा सुदूरपश्चिम रोयल्स, काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाएका छन्।
१६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button