हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाडी भूभाग देखि तराईसम्म हुस्सु/ कुहिरो लाग्ने

प्रहार समाचार । काठमाडौँ, २२ मंसिर २०८१ शनिवार । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाकारण  आज बिहान  कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका केहि  तथा उपत्यकाहरुका केही स्थानहरूमा बिहानै देखि  हुस्सु/कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरि कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा राति  हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button