• सुशिल वि क । ( प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ, २१ मंसिर २०८१ शुक्रवार । तनहुँको व्यास नगरपालिका वडा नं. ११, सेरामा रहेको बसन्त आधाभूत विद्यालयमा अध्यायनरत आर्थिक अवस्था कमजोर भएका तथा विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजा वितरण गरिएको छ।

दमौलीका सुदीप गफ्फार सहित सामाजिक अभियान्ता साथिहरु युवराज भन्डारी,सुनिल मिश्र ,लाहरे,चाङ्ग ,आकाश वि क लगायतले तिहारमा देउसी भैलो खेलेर उठेको ४० हजार रकमबाट विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोजा वितरण गर्दै आएका छन्।

त्यस अवसरमा विद्यालयका १५ जना विधार्थी हरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको विद्यालयक प्रधानाध्यापक माधव खनाल जानकारी दिए । त्यस अवसरमा नेपाल विद्यार्थी संघ तनहुँका सभापति आशिष कैनी, आकाश बि क लगायतको उपस्थिति रहेको थियो । उनिहरुले तनहुँका २०० जना विपन्न विद्यार्थीहरूलाई स्वीटर र मोज वितरण गर्ने लक्ष्य राखेको बताइन्छ ।

























