हेडलाईनसमाचारगण्डकीऋषिङस्वास्थ्य

झुल बहादुर आले प्रतिष्ठानद्वारा विपन्न परिवारलाई कम्मल र डसना बितरण

प्रहार समाचार । तनहुँ, २० मंसिर २०८१ बिहीवार । तनहुँको ऋषिङ – ७ घिरिङ थोकमा रहेको  झुलबहादुर आलेको सम्झनामा स्थापित झुल बहादुर आले प्रतिष्ठानले बिपन्न , असहाय बृद्ध- बृद्धाहरुलाई ब्ल्याङ्केट र डसना बितरण गरेको छ।

पालिकाको  वडा नं- ७ घिरिङ थोक र पुरन थोकका असहाय, विपन्न बृद्ध बृद्धाहरु श्यामलाल श्रेष्ठ, चित्रबहादुर थापा , केदार क्षेत्री , श्याम विश्वकमी , दलिसरा   विश्वकर्मा लगायतलाई हिंजो उक्त सहयोग सामाग्रीहरु बितरण गरिएको प्रतिष्ठानका अध्यक्ष एवं छोरा  कमल आलेले जानकारी दिए ।

विक्रम संवत २००७ साल माघ १२ गते ऋषिङ- ७ घिरिङ थोकमा जन्मेका झुल बहादुर आले नेपाली कांग्रेसको तर्कबाट संविधान सभा सदस्य थिए ।  नेका महासमिति सदस्य समेत रहेका आले इमान्दार , पार्टी प्रति वफादार नेपाली कांग्रेसका सच्चा सिपाही थिए । आलेको  २०७९ मंसिर ९ गते ७२ वर्षको उमेरमा  निधन भएको थियो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button