प्रहार समाचार । तनहुँ, १६ मंसिर २०८१ , आइतवार । रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ मा सम्पन्न वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्।

खलिकले ६२७ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी, एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे ।
माओवादी केन्द्रका शेख अमिरुलले २४ मत प्राप्त गरे । शेख अब्दुल खलिकको जितसँगै काँग्रेसले यो वडामा आफ्नो पकड कायम राखेको छ।
























