हेडलाईनसमाचारबागमती

काठमाडौ महानगरपालिकाभित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने : उक्त क्षेत्र खाली गराउने मेयर बालेन शाहको चेतावनी

प्रहार समाचार । काठमाडौँ १७ साउन २०८१ बिहिवार । काठमाडौँ महानगरका मेयर बालेन शाहले नदी  तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने जानकारी दिएका छन् । भएका संरचनाहरु पनि कडाईका साथ भत्काइने भएको छ । यसो गरेको खण्डमा खोला वा नदी घरमा नपस्ने पनि मेयर शाहले बताएका छन् । पछिल्लो समय उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा लगायतका नदीमा आएको भिषण बढीले जनधनको समेत क्षति पुऱ्याएको थियो ।

मेयर शाहले हिंजो साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तटीय क्षेत्रको थप २० मिटरमा पनि सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति मिल्ने छैन ।’

यस्तै मेयर शाहले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा  धितो राख्दा यस मापदण्डलाई पालना गरिदिन पनि आग्रह गरेका छन् । उनले नत्र पछि धोका पाउन सकिने उल्लेख गरेका छन् ।  

उनले भनेका छन्,‘यस पृथ्वीका नदी तथा खोलाहरूको पनि अधिकार छ । प्रकृतिले पनि विद्रोह गर्न सक्छ । त्यसैले नदी तथा खोलाहरूको अधिकारको संरक्षण गरौँ । यति गर्न सके मान्छेको घरमा खोला पस्ने छैन ।’

मेयर शाहले तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने बताए । काठमाडौँ उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर भित्रको जग्गालाई र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटर भित्रको जग्गालाई  सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनले उक्त क्षेत्र खाली गराउने चेतावनी दिएका छन् ।

उनले सर्वोच्च अदालतले पनि थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।  अब यो निर्णय संङ्गै नदि , खोला  आसपास २० मिटरको दुरीमा घर हुनेहरुलाई ठूलै तनाव थपिने तथा निन्द्रा नलाग्ने भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button