प्रहार समाचार । काठमाडौँ १७ साउन २०८१ बिहिवार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास रहेको छ। आज बिहानैदेखि देशका केहि प्रदेशमा वर्षा भइरहेको छ । गण्डकी, बागमती र मधेश प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशैभर पानी पर्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथामौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने शुक्रबारसम्म वर्षाको सम्भावना छ । विशेषगरी रातको समयमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसोभन्दा राति बढी पानी पर्ने उनले नदी तटिय क्षेत्र आसपासमा सतर्कता अपनाउन / सचेत रहन समेत मौसम विद्हरुले सुझाएका छन् ।
























