हेडलाईनसमाचारप्रदेश

राष्ट्रपति पौडेलद्वारा तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

प्रहार समाचार । काठमाडौँ १६ साउन २०८१ बुधवार । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन प्रदेशमा  प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा राष्ट्रपति पौडेलले  विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button