प्रहार समाचार । काठमाडौँ १७ साउन २०८१ बिहिवार । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधवार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको व महासङ्घले जनाएको छ ।
त्यसै गरि चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।























