प्रहार समाचार । तनहुँ ८ असार २०८१ मङ्गलबार । खोप लगाउन छुट भएका वालवालिकाको पहिचानको लागि नेपालमा नै पहिलो भानु नगरपालिकामा अनुसन्धान परियोजना हिंजो सोमबारबाट सुरु भएको छ ।

जि टि ए (Group for Technical Assistance) को आयोजनामा परियोजनाको भानु नगरपालिकाका नगर प्रमुख आनन्द राज त्रिपाठीले एक कार्यक्रमका विच परियोजनाको सुरुवात गर्दै भानु नगर पालिकामा बालबालिकालाई पूर्ण खोप एवं वाल मृत्युदर घटाउने ,वालवालिका अपांगता कम गर्नेमा परियोजना कोषेढुङ्गा साबित हुने बताए ।

परियोजनाले बाललबालिकालाई पूर्ण खोप एवं बाल मृत्युदर घटाउने ,वालवालिकाहरुमा अपांगता कम गर्ने विभिन्न खोप लगाए वा नलगाइको तथ्यांक संकलन गरिने उद्देश्य रहेको बताइएको छ। त्यस कार्यको निगरानी भानु नगर स्वास्थ्य शाखाले गर्ने भएको छ ।

कार्यक्रममा नगर उप प्रमुख उमा गोतामे , प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेल ,वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ,भानु नगर स्वास्थ्य शाखा प्रमुख , जनस्वास्थ्य अधिकृत एवं वडा स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
























