विजय अधिकारी / लमजुङ संवाददाता । ८ साउन २०८१ मंगलबार । लमजुङको मर्श्याङदी गाउँ पालिका वडा नम्बर -७ , सिम्पानीमा रहेको ग्रामीण तालिम केन्द्रले ७ हजार ५ सय रुपैयाँमा नै वाली विज्ञान अन्तर्गत १८ महिने जेटिए कोर्स अध्यापन गराउने भएको छ ।

शैक्षिक वर्ष २०८१/०८२ का लागि नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत यति थोरै न्यूनतन शुल्कमा पठनपाठन गराउने भएको हो । यो शुल्क हेर्ने हो भने प्रति महिना विद्यार्थीले जम्मा ४ सय १६ रुपैया ६० पैसा पर्ने जान्छ । जब की आज भोलि कक्षा नर्सरी / केजी पढ्ने विद्यालयहरुको शुल्क यसको धेरै गुणा बढि हुन्छ ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदको आंगिक सस्थाको रूपमा रहेको तालिम केन्द्रले मुलुकमा कृषि प्राविधिकहरुको प्रयाप्त उपलब्धता नरहेको अवस्थामा दक्ष कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्य लिएको छ। यसै उदेश्य अनुरुप स्थापना गरिएको यो तालिम केन्द्रले हालसम्म सयौं कृषि प्राविधिकहरु उत्पादन गरेको तालिम केन्द्र प्रमुख निरज चौधरीले जानकारी दिइन् ।
चौधिका अनुसार सैद्धान्तिक तथा प्रयोगात्मक दुवै बिधिवाट अध्ययन गराइने तालिम केन्द्रमा प्रशिक्षार्थिहरुले सिक्दै कमाउदै पढ्न पाउने छन । यस तालिम केन्द्रमा ४० जनाको कोटा रहेको छ । जसमा १ जनालाई जेहेन्दार सहित २० जना खुला तर्फबाट भर्ना हुन पाउछन । ३ जनालाई वर्गिकृत छात्रवृत्ति कोटाको ब्यवस्था छ । २ जना दलित , ४ जना जनजाति र १ जना अपांगका लागि कोटा छुट्याइएको छ ।
त्यसैगरी लमजुङ जिल्लाको लागि महिलालाई ३ , स्थानीयलाई ३ र स्टाफको लागि १ कोटा कायम गरिएको छ ।
कर्मदा नदिको किनारमा शान्त र स्वच्छ वातावरणमा रहेको तालिम केन्द्र सिटिइभिटी अन्तर्गत लमजुङको एक मात्र आंगिक सस्था हो । यस तालिम केन्द्रको वाली विज्ञान संकायमा १ बर्ष ६ महिने कोर्स अध्ययन गर्नका लागि मान्यता प्राप्त शिक्षण सस्था बाट कम्तीमा एसइई उत्रिण भए पुग्छ । एसइईमा जुनसुकै ग्रेडमा उत्रिण भए पनि यो विषयमा अध्ययन गर्न सकिने र टाढाका प्रशिक्षार्थिहरु का लागि छात्रावासको व्यवस्था समेत रहेको तालिम केन्द्रकी प्रमुख चौधरीको भनाई छ।
तालिम केन्द्रको भवन:

























