हेडलाईनसमाचारगण्डकी

४२ औं वि.पि.स्मृति दिवसका अवसरमा लमजुङमा वृक्षारोपण

• विजय अधिकारी / लमजुङ संवाददाता । ८ साउन २०८१ मङ्गलबार । ४२ औं वि.पि.स्मृति दिवसका अवसरमा नेपाल शिक्षक संघ मध्य नेपाल नगर कार्य समितिको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

मध्य नेपाल नगरपालिका वडा नम्बर – ७ , इशानेस्वर आध्यात्मिक विद्यापिठ्को जय नेपाल चौरको सिसौ घारीमा वृक्षारोपण कार्यक्रम गरिएको नेपाल शिक्षक संघ मध्यनेपाल नगरकार्य समितिका अध्यक्ष मोहनराज घिमिरेले बताए ।


घिमिरेका अनुसार २०४७ साल साउन महिनाको ६ गतेका दिन सोही स्थानमा वृक्षारोपण गरि हुर्केका विरुवाहरुलाई जिल्ला वन कार्यालयको सल्लाहमा बुढा सिसौका रुखहरु कटानी गरि सोही स्थानमा नयाँ विरुवाहरु रोपिएको हो । जसमा २ सय सिसौ, ८० वटा आँप लगायत अमला , विरेन्द्र फुल  लगाएतका विभिन्न  प्रजातिका विरुवा गरि २ सय ८० विरुवा रोपिएको थियो ।



कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारले वि.पि. का विचारहरुको स्मरण गराउदै वि.पि.ले देखाएको सहि बाटोमा हिड्न नसक्दा नेपाली काङ्ग्रेस पाटी अप्ठ्यारोमा परेको  बताए ।

कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका सदस्य तथा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि दिपक विश्वकर्मा , नेपाल शिक्षक संघ लमजुङका अर्थ सचिव प्रदीपराज घिमिरे , नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सदस्यहरु गगन घिमिरे र जाकिरहुसेन मिया , नेपाली काङ्ग्रेस मध्य नेपालका नगर सभापति वसन्तराज घिमिरे , प्रदेश सभा ख का उपसभापति सुकबहादुर वि.क., नेपाल शिक्षक संघ जिल्ला सहसचिव कमल गुरुङ , प्रदेश प्रतिनिधि सन्तोष तिवारी , जनमन्दिर मा.वि. का प्र.अ. चन्द्रराज घिमिरे , कुशुमाकर मा.वि.का शिक्षकहरु र नगरकार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम आध्यात्मिक विद्यापिठ्का अध्यक्ष  बिष्णुहरि घिमिरेले  मानव जीवनमा बोट बिरुवाको महत्वपूर्ण भूमिका रहने हुनाले रोपिएका विरुवाहरुको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताए।वृक्षारोपण कार्याक्रमको सहजीकरण नेपाल शिक्षक संघ मध्यनेपाल नगरकार्य समितिका अध्यक्ष मोहनराज घिमिरेले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button