हेडलाईनसमाचारगण्डकी

लमजुङको सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित  बनाइदैँ

• विजय अधिकारी/लमजुङ संवाददाता । ८ साउन २०८१ मङ्गलबार । लमजुङको सार्वजनिक यातायातलाई सुरक्षित , मर्यादित र यात्रु मैन्त्री बनाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको प्रदेश सवारी तथा यातायात व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको अध्यक्षतामा यातायात व्यवसायीहरु र अन्य सरोकारवाला समेतको उपस्थितमा  बसेको  बैठकले उक्त निर्णय गरेको हो।

मनसुन जन्य विपदको समयमा नेपाल सरकारको आधिकारिक निकायबाट जारी भएको मौसम पुर्वानुमान सम्बन्धि सूचना अनुसार Red zone मा परेको स्थान र समयमा रात्रि कालिन यातायात सेवा सञ्चालन नगर्ने , अन्य समयमा रात्रि कालिन र दिवा सेवा सञ्चालन गर्दा सबै यातायात व्यवसायीले यात्रुको सुरक्षालाई विशेष ध्यान दिई यात्रा गर्ने / गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यसैगरी यातायात व्यवसायीले यात्रुको नाम , ठेगाना , गन्तव्य , भाडा रकम उल्लेख भएको यात्रा टिकट अनिवार्य रूपमा जारी गर्ने ,लामो तथा छोटो दुरिको यात्रा गर्ने सबै यात्रुको अनिवार्य रूपमा यात्रा टिकट लिएर मात्र यात्रा गर्ने, त्यसैगरी विरामी , जेष्ठ नागरिक , अपांगता लगायत संरक्षित वर्गको लागि उपलब्ध गराएको छुट सुविधा सबै लाभान्वित ब्याक्तीहरुलाई अनिवार्य रूपमा सबै यातायात व्यवसायीले उपलब्ध गर्ने गराउने र सम्पूर्ण निर्णयको पालना भए नभएको अनुगमन / नियमनको जिम्मा जिल्ला ट्राफिक प्रहरी कार्यालले गर्ने गरि जिम्मेवारी दिने निर्णय  भएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए ।

वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक पुरी , राष्ट्रिय अनुसन्धान प्रमुख बिष्णुहरि पन्डित , पुर्वाधार विकास तथा यातायात कार्यालयका प्रतिनिधि भुपेन्द्र पौडेल , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भिमबहादुर रानाभाट , पृथ्वी यातायात प्रा.लि.का सुर्यबहादुर रिमाल , कालिका यातायात प्रा.लि. का रामकृष्ण बराल , मर्श्याङ्दी यातायात प्रा.लि. का किशोर कुमार बस्नेत र नेत्रबहादुर गुरुङ लगाएतको उपस्थित रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button