प्रहार समाचार । अमेरिका ७ साउन २०८१ सोमबार । अमेरिकी राष्ट्रपति जो बाइडनले आसन्न निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिस गरेको न्यूयोर्क टाइम्सले लेखेको छ। ह्यारिस अहिलेका उपराष्ट्रपति हुन्।
टाइम्सका अनुसार बाइडनले राष्ट्र र पार्टीको हितका लागि यस्तो निर्णय लिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
‘राष्ट्रपतिका रूपमा सेवा दिन पाउनु मेरो जीवनको सबभन्दा ठूलो सम्मान हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म दोस्रोचोटि पनि प्रतिस्पर्धा गर्न चाहन्थेँ। तर देश र पार्टीको हितका लागि म आफ्नो उम्मेदवारी फिर्ता लिँदैछु। म अब पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित गर्नेछु।’
























