हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँ जिल्ला लागूऔषध कारोवारीहरुको ट्रान्जिट प्वाइन्ट बन्दै

प्रहार समाचार । तनहुँ ७ साउन २०८१ सोमबार । तनहुँ जिल्ला लागूऔषध कारोवारीहरुको ट्रान्जिट प्वाइन्ट बन्दै जान थालेको छ। तनहुँ प्रहरीले जति नै लागू औषध कारोबारीलाई मध्यनजर गर्दै अप्रेशन सुरु गरेपनि कारोबार गर्नेको संङ्ख्या भने घट्न सकेको छैन् । पछिल्लो पटक हिंजो तनहुँको बन्दिपुर गाउँपालिका–१ पिप्लेबाट आइतबार चार किलोग्राम बढी गाँजासहित एक युवक पक्राउ परेका  छन् ।

पक्राउ पर्नेमा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ दुलेगौडा बस्ने बर्ष १९ को बिनायक सुनार रहेका  छन् ।

प्रहरीका अनुसार सुनारबाट ४ किलोग्राम ३४० ग्राम गाँजा बरामद भएको छ । निजले भिरेको दोकाधे झोलाभित्र लुकाई राखेको १ किलो ८०० ग्राम र हातमा लिएको जेब्रा झोलाभित्र लुकाई राखेको २ किलो ५४० ग्राम गरी उक्त परिमाणमा लागूऔषध गाँदा बरामद गरिएको हो

तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक  अनुसन्धान कार्य भई भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले जनाएको छ ।     


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button