हेडलाईनसमाचारप्रदेश

नेकपा एमालेको प्रधानमन्त्री  ओलीलाई १० बुँदे सुझाव : भ्रष्टाचारीका फाईल खोल्नेमा मौन

प्रहार समाचार । काठमाडौँ ४ साउन २०८१ शुक्रबार । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे सुझाव बुझाएको  छ ।आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्यसम्बन्धी  सुझाव एमालेले दिएको भएतापनि भ्रष्टाचारीका फाईल खोल्ने विषय बारे कहिं कतै समेटिएको छैन ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलको जम्बो टोलिले सो सुझाव दिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिएका छन् । गत असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए ।

प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटेर सुझाव दिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button