प्रहार समाचार । तनहुँ ४ साउन २०८१ शुक्रबार । वर्ड्लिन्क कमिनिकेसन् लिमिटेड दमौली शाखाले जिल्ला प्रहरी कार्यलय तनहुँलाई ट्राफिक सामाग्री सहयोग हस्तान्तरण गरेको छ । बिहिबार प्रहरी कार्यलय प्रांगणमा एक कार्यक्रम गर्दै उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

वर्ड्लिन्क दमौली शाखा प्रमुख हरीनारान रेग्मी लगायतको उपस्थितिमा प्रहरी कार्यलय तनहुँका प्रमुख अपिल राज बोहरालाई उक्त सामाग्री हस्तान्तरण गरेको वर्ड्लिन्क कमिनिकेसन लिमिटेड दमौली शाखाका सेल्स सुपरभाइजर् सागर ढकालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै वर्ड्लिन्क कमिनिकेसन लिमिटेड दमौली शाखाका प्रमुख हरिनारायण रेग्मीले जिल्ला प्रहरी कार्यलय तनहुँलाई ट्राफिक सामाग्री आवश्यकताको महसुस गरी ट्राफिक सामाग्री सहयोग गरेको बताए । सहयोग सामाग्रीहरुमा ६ थान ब्यारिगेट, ५० थान नो पार्किङ बोर्ड, ३६ थान चेकिङगर्दा प्रयोगमा आउने चेकिङ बोर्ड, ४ थान वान वे बोर्ड र ६ थान स्टप रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख अपिलराज बोहराले वर्ड्लिन्क प्रहरीसंगै सहकार्य गर्दै अगाडी बडेको बताउँदै ट्राफिकसंग सम्बन्धित सामाग्री सहयोग गरेकोमा वर्ड्लिन्क परिवारलाई धन्यवाद दिए ।
वर्ड्लिन्क कमिनिकेसन लिमिटेड दमौली शाखाले दमौलीमा बिगत १५ बर्षदेखि सेवा दिदै आएको छ । छिटो छरितो नेट सुबिधा प्रवाह गर्दै आएको छ । कम्पनीको देशको ७० भन्दा बढी जिल्लामा १ सय १९ भन्दा बढी शाखा रहेको जनाएको छ ।

























