• विजय अधिकारी/ लमजुङ संवाददाता । लमजुङ ४ साउन २०८१ शुक्रबार । सानिमा बैंकले विगत १२ बर्ष देखि एसइई पछी उच्च शिक्षा अध्ययन गर्ने गरिव तथा विपन्न २ जना बिद्यार्थीलाई बिद्यार्थीको रोजाईको शैक्षिक सस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको र सोही छात्रवृत्तिलाई यस बर्ष पनि निरंतरता दिने भएको छ ।

उपत्यका बाहिर रहेका सानिमा बैंकको शाखाहरु मार्फत एसइई परीक्षा उत्रिण गरेका र उच्च शिक्षा अध्यापनको लागि तयारीमा रहेका गरिव तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि आवेदन खुल्ला गरिएको बैंकले जनाएको छ ।
सानिमा बैंक बेसीशहर शाखाका शाखा प्रवन्धक नवीन विक्रम रायमाझीका अनुसार – विद्यार्थीले कम्तीमा पनि एसइईमा ” सि ” ग्रेड प्राप्त गरेको हुनु पर्ने छ । विद्यार्थीले सानिमा बैंकको जुन शाखामा छात्रवृत्ति पाउन आवेदन दिने हो उ सोही स्थानीय तहको स्थायी वासिन्दा हुनु पर्ने छ । विद्यार्थीले सोही स्थानीय तह भित्रको सामुदायिक विद्यालयमा निरन्तर ३ बर्ष देखि अध्ययन गरि पछिल्लो प्रयासमै एसइई उत्रिण गरेको हुनु पर्ने र विद्यार्थीले सोही स्थानीय तह भित्र रहेका शैक्षिक सस्थामा अध्ययन गर्नु पर्ने नियम रहेको बताए ।
शैक्षिक सस्था वा संकाय भने बिद्यार्थी आफैले रोज्न पाउने छन ।
विद्यार्थीले अध्ययन गर्न चाहेको शैक्षिक सस्थाले आवेदक विद्यार्थीलाई भर्ना लिनेे निश्चित भए पछी मात्र बैंकले छात्रवृत्ति प्रदान गर्ने छ । बैंकले गठन गरेको स्थानीय ब्यक्तिहरु सदस्य रहेको सिफारिस समितिले आवेदकहरु मध्य बाट सबैभन्दा गरिव तथा विपन्न उम्मेदवारको छनौट गर्ने बैंकले जनाएको छ । विद्यार्थीले साउन ३२ गते सम्बन्धित बैंकको शाखाहरुमा गएर आवश्यक कागजात सहित आवेदन फाराम भर्न सक्नेछन ।
बैंकले दिने छात्रवृत्ति रकम प्रति विद्यार्थी ५० हजार सम्मको हुनेछ । जसमा मासिक खर्चका लागि प्रति महीना २ हजार नगदवृत्ति समाबेश हुने जनाएको छ ।
सानिमा बैंक बेसीशहर शाखाले गत बर्ष पनि २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाउनेमा मर्श्याङ्दी गाउँ पालिका वडा नम्बर ३ का राजन गुरुङ र सुन्दरबजार नगरपालिका वडा नम्बर ६ का रुस्विना वि.क. रहेका छन । बैंकले दिएको यो छात्रवृत्ति रकम प्रदान पछी कम्तीमा २ जना गरिव तथा विपन्न विद्यार्थीले गुणस्तरीय शिक्षाको पहुँचमा पुग्ने अपेक्षा राखेको शाखा प्रवन्धक रायमाझीले बताए ।
























