आँबुखैरेनीहेडलाईनव्याससमाचारगण्डकीशुक्लागण्डकी

तनहुँमा जुवाडे नियन्त्रण अभियान तीव्र, हिरासत कक्ष भरिन थाले

पछिल्लो समयमा तनहुँ प्रहरीले जुवाडे पक्राउ गर्ने कार्यमा विशेष ध्यान केन्द्रित गरेको छ। प्रहरीले दैनिक रूपमा जुवा खेल्नेहरूलाई समात्न थालेपछि हिरासत कक्षमा राख्न समस्या उत्पन्न भएको छ। साउन १ गतेदेखि ३ गतेसम्म मात्रै ३६ जना जुवाडेहरू हिरासतमा रहेका छन्।

“हिरासत कक्ष जुवाडेहरूले भरिनु सकारात्मक पक्ष होइन,” तनहुँका डिएसपी दीपककुमार रायले भने।

प्रहरीले व्यास नगरपालिका–४, जलदेवी टोल निवासी कालु गुरुङको घरमा अवैध रूपमा जितहारको बाजी राखी जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको हो। त्यस्तै, शुक्लागण्डकी नगरपालिका–७, नमुना भोटेपानी टोलमा रेख बहादुर थापा मगरको घरबाट १६ जना र बिहीबार आँबुखैरेनीबाट १० जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आँबुखैरेनीबाट पक्राउ गरिएका व्यक्तिहरूको म्याद थप गरी पछि सार्वजनिक गरिने जानकारी पनि प्रहरीले दिएको छ।

पक्राउ पर्नेमा सुरेश कुमार मजाकोटी, प्रेम बहादुर थापा, उत्तम गुरुङ, अर्जुन श्रेष्ठ, मंगल बहादुर गुरुङ, मिन बहादुर गुरुङ, इन्द्र बहादुर दरै, तिर्थ बहादुर गुरुङ र सूर्यभक्त वाग्ले रहेका छन्। जुवाखालबाट २०८ पत्ती तास र रु. २३,३७५ नगद बरामद गरिएको तनहुँका डिएसपी रायले जानकारी दिएका छन्। नियन्त्रणमा रहेका व्यक्तिहरूको जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button