प्रहार समाचार । तनहुँ ३ साउन २०८१ बिहीबार । व्यास नगरपालिकाका उप प्रमुख ईन्दिरा दरैले व्यास नगरपालिकाका १४ वटै वडालाई योगमय वडा बनाउनुपर्नेम जोड दिएकी छन् ।

पतञ्जली योग समिति तनहुँद्वारा बिहिबार आयोजित दीक्षान्त समारोह तथा विधाई कार्यक्रममा बोल्दै उपप्रमुख दरैले वैज्ञानिक हिसाबले पनि मानव जीवनमा अत्यावश्यक रहेको योगको विकासमा नगरपालिका निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
पतञ्जली योग समिति तनहुँका संगठन मन्त्री अर्जुन श्रेष्ठले सरकार तथा स्थानिय तहले अस्पताल बनाउनुको सट्टा योग साधना केन्द्र निर्माणगरी आम नागरिकलाई योग साधनामा जुट्न र निरोगी जिवनशैलि अपनाउन हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

पतञ्जली योग समितिद्वारा सञ्चालित प्रशिक्षक तालिम तथा केन्द्रद्धारा संञ्चालीत परीक्षामा उत्तीर्ण ४३ जना सहशिक्षकहरूलाई त्यस अवसरमा प्रमाणपत्र तथा परिचय पत्र वितरण गरिएको थियो ।
यसैबिच दिक्षित योग शिक्षकहरुले आजै विहान ५ बजे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीमा सामूहिक होमन कार्यक्रममा सरिक भएका थिए ।


यसैबिच सहशिक्षक उतीर्ण भएका सहशिक्षकहरु एक हप्ते एण्डभान्स ट्रेनिङ्गका लागि यहि साउन ५ गते केन्द्रका अर्थ प्रभारी सन्तकुमार श्रेष्ठको नेतृत्वमा हरिद्धार भारत जाने भएकाले उनिहरुलाई यात्राको शुभकामना सहित टिका र खादा लगाई विधाईसमेत गरिएको थियो ।

कार्यक्रममा सह शिक्षकको तर्फबाट सुगम साधना केन्द्र व्यास १ की प्रतिक्षा बिक, हरिद्दार जाने टिमबाट सन्तकुमार श्रेष्ठ, व्यास नगर प्रभारी कुमार मल्ल, व्यास १ का अध्यक्ष रचना ढकाल, महिला व्यासनगर प्रभारी मोक्षदा ढकाल लगायतले योगको महत्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा व्यास १ का वडा सदस्य मणिजङ्ग बस्नेत, पतञ्जली योग समिति तनहुँका अध्यक्ष मान बहादुर आले लगायतको उपस्थिति रहेको थियो ।

























