प्रहार समाचार । तनहुँ १ साउन २०८१ मंगलबार । नेपाल प्रहरी विशेष सुरक्षा बल बेलचौतारा तनहुँको स्थापनाको छैठौं वार्षिक उत्सवको अवसरमा गण परिसरभित्र वृक्षारोपण गरिएको छ।

गणका गण प्रमुख प्रहरी उपरिक्षक केदार खनाल र सहायकगण प्रमुख श्यामु अर्याल लगायत सिनियर प्रहरी अधिकृत , जुनियर अधिकृत , प्रहरी हवल्दार र जवानहरुको सहभागितामा प्रहरी कर्मचारीहरूले गणपरिसर भित्र विभिन्न जातका फलफुलका बिरुवा रोपण गरेका हुन्।

त्यस अबसरमा आँप ,लिची ,अमला , रिठ्ठा ,कल्की , लप्सी , तेजपत्ता, लगायतका ७ सय ५० फलफुल तथा बोटबिरुवाह रोपण गरिएको थियो ।

गण स्थापनाको छैटौँ वार्षिक उत्सवको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीलाई शुभकामना व्यक्त गर्दै गणका गण प्रमुख केदार खनालले वृक्षारोपणले वातावरण सौन्दर्यकरण हुनुको साथै जमिनको भाग क्षयीकरण हुनबाट बचाउने र मानव जीवन तथा सजीव प्राणीहरुलाई समेत जीवनयापनमा सहजीकरण गर्ने बताए ।


























