प्रहार समाचार । तनहुँ १ साउन २०८१ मंगलबार । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ काउरेमा गत असार २२ गते गएको पहिरोमा परी दिवङ्गत भएका तीन जनाको परिवारलाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ जे नेपालले आर्थिक सहयोग गरेको छ ।

क्लबले प्रत्येक मृतकका परिवारलाई २५ हजारका दरले आर्थिक सहयोग गरेको छ। उक्त कार्यक्रमा डिष्ट्रिक्ट गभर्नर मिलन थापा, पूर्व डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा, असिष्टेन्ट चीफ एडभाइजर सन्तोष घिमिरे, एरिया चिफ सूर्य बराल, डिजास्टर चिफ उर्मिला श्रेष्ठ शुकला ७ का वाड अध्यक्ष खड्क सिंह थापा , जयराम आचार्य ,जोन चेयर पर्सन महेश्वर रिमाल , फेवा बेगनास चौतारीका अध्यक्ष चित्र गुरुङ ,टोल अध्यक्ष खिमलाल गिरी लगायतको उपस्थिति रहेको थियो।

डिष्ट्रिक्ट गभर्नर मिलन थापाले ‘जहाँ आवस्यकता त्याहाँ लायन्स’ भन्ने मूल मन्त्रअनुसार यस ठाउमा दुःखमा परेका श्याम बहादुर भण्डारी ,अनिसा बास्तोला, र हिरा नेपालीका परिवारलाई दुःखमा मलम पट्टी हुन्छ भन्ने हेतुले राहात स्वरूप रकम हस्तान्तरण गरेको बताए ।

उनले अनिसा बस्तोलाका छोराको उच्च शिक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमको सहजीकरण असिस्टेन्ट चिफ एड्भाइजर सन्तोष घिमिरेले गरेको कार्यक्रममा वडा अध्यक्ष खडकसिङ थापाले सबैलाई धन्यवाद दिएका थिए।
























