विचारप्रदेश

डेङ्गु राेग र सचेतना अपनाउनु पर्ने कुराहरू

बर्षायाम सँगै लामखुट्टेकाे बृद्दिविकास भैरहेकाे कुरा सर्वविधितै छ । पाेहाेरकाे बर्ष झै डेङ्गु राेग फैलिन नदिन र आफू लगायत आफ्ना प्यारा छोरा छोरी, आफन्तहरूलाई बचाउन समयमै हामी सबै सचेत हुन अति आवश्यक देखिन्छ । यसका लागि निम्नलिखित कुरामा ध्यान पुर्याउन अत्यावश्यक छ :
१.के तपाईकाे घर वरपर पानी जम्ने खाल्डाखुल्टी छन् ?
२.के तपाईकाे गमलामा वा गमला राख्ने प्लेटमा पानी जमेकाे छ ?
३. के तपाईकाे घरकाे कुलर वा ए सी काे पानी एउटै भाँडाेमा हप्ताैंदेखि थिग्रिएर रहेकाे छ?
४.के तपाईकाे घरकाे माथि छतमा रहेकाे पानी ट्याङ्की वा भुइतलाकाे रिजर्भ ट्याङ्कीकाे ढकनी छैन अर्थात् ट्याङ्की खुला छ ?
हरेक घरबाट लामखुट्टेले अण्डा पार्न सक्ने माथि उल्लेखित स्थानलाई कम्तिमा हप्ताको दुई पटक जाँच गरि सबैकाे उत्तर छैन भन्ने बनाउन आवश्यक छ ।
किनकि डेङ्गुकाे संक्रमण गराउने एडिस जातकाे लामखुट्टे तपाईं हाम्रै घरभित्र छ, जसकाे बृद्दिविकास राेक्नका लागि  “खाेज र नष्ट गर ” अभियान हरेक घर घरमा हुनु पर्दछ ।  स्कूल, सरकारी तथा गैर सरकारी कार्यालयले पनि याे अभियान शुरू गर्न जरूरी छ ।
समयमै यस कुरामा सचेत हुनु आवश्यक छ।
पुनश्च : लामखुटेको पाेहाेरकाे संक्रमित अण्डा  छ महिनादेखि एक बर्षसम्म पानी बिना पनि जीवितै रहन सक्छ,पानी पाएमा लामखुट्टेले आफ्नाे जिवनचक्र पूरा गर्न सक्छ । संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन्। बेलैमा सबै सचेत रहि रोग लागिसकेपछि भन्दा रोग लाग्न नै नदिनु उत्तम हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button