हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी देशभरमा १४ जनाको गयो ज्यान

प्रहार समाचार । काठमाडौ २३ असार २०८१ । शुक्रबार रातिदेखि आएको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको ज्यान गएको छ ।

तस्बिर : फाईल फोटो

बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएको प्रहरीले जनाएको छ।

बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको ज्यान गएकोकेन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button