हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

भानु जयन्ती सप्ताह सुरु:  गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनामा  दमौलीमा साहित्यिक रचना वाचन कार्यक्रम

तनहुँ २३ असार २०८१ । राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २११ औं भानु जयन्ती सप्ताहको पहिलो दिन गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनामा शनिवार दमौलीमा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।

“भाषा, साहित्य , कला, संङ्गीत र सस्कृतिको उत्थान समग्र साहित्यिक जागरण हाम्रो अभियान” भन्ने मूल नाराकासाथ स्थापित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको संस्थाका सल्लाहकार साहित्यकार समुन्द्र गाेदारले उद्घाटनगर्दै भानुभक्तका कविताले सदाचारी बन्न, समाज सुधारक बन्न प्रेरणा दिने तथा विकृति र बिसंगती चिरफार गर्ने सन्देश दिने बताए ।

कार्यक्रममा व्यास २ का वडा अध्यक्ष काशिराम श्रेष्ठ  , व्या न पा कार्यपालिका सदस्य कृष्ण दुरा, गण्डकी वाङ्मय प्रतिष्ठानका निवर्तमान अध्यक्ष सागर उदास ,डा रधुनाथ न्यौपाने , डा लक्ष्मी कान्त चापागाईं लगायतले आआफ्नो धारणा सहित साहित्यिक रचना वाचन गरेका थिए। कार्यक्रममा अतिथिको रुपमा नेपाली लेखक संघ तनहुँका अध्यक्ष  शंकरराज नहर्की, सामुदायिक रेडियो प्रसारक संघ तनहुँका संयोजक हरिशरण पण्डित , लेखक देवी बहादुर बस्नेत ,चक्रबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य सहित रचना बाचन गरेका थिए। त्यस अवसरमा साहित्यकारहरू मधुमाया घिमिरे, नारायणी अधिकारी , शम्भु थापा, चन्द्रकुमार कायस्थ, तेजप्रसाद लामिछाने, भवानी खनाल, बिमला अधिकारी , मन्जु न्यौपाने लगायत  दर्जनौं साहित्यकारहरुले कविता, मुक्तक, गित /गजल तथा भजन प्रस्तुत गरेका थिए।

संस्थाका उपाध्यक्ष संगम सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको सहजिकरण महासचिव अमरराज नहर्कीले गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपानेको सभापतित्मा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button