हेडलाईनसमाचारगण्डकी

नगरप्रमुख उत्कृष्ट  कृषक सम्मान कार्यक्रम अन्तर्गत राइनासका ६ जना किसान सम्मानित

•विजय अधिकारी/ लमजुङ २३ असार २०८१ ।लमजुङको राइनास नगरपालिकाले नगरपालिका भित्रका ६ जना किसानलाई गत वर्ष बाट शुरु गरेको नगर प्रमुख उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तर्गत सम्मान गरेको छ।

नगरपालिकाले व्यावसायिक पशुपालन तथा कृषि ब्यवसाय गर्दै आएका छ जना किसानलाई सम्मान गरेको हो ।
राइनास नगरपालिकाले  एक जना किसानलाई सर्वोत्कृष्ट र पाँच जना किसानलाई उत्कृष्ट किसानको रूपमा छनौट गरि नगदसहित सम्मान गरेको छ ।


सम्मानित हुनेहरुमा गाई पालन ब्यवसाय गर्दै आएका राइनास  ६ को विना तामाङ सर्वोत्कृष्ट किसानको रूपमा सम्मानित भईन् ।  त्यसैगरी उत्कृष्ट किसानको रुपमा सम्मानित हुनेहरुमा बाख्रा पालन गर्दै आएका राइनास  ९ का सन्दीप घिमिरे , तरकारी खेतीमा आबद्ध राइनास ३ की गोमा खनाल , गाई पालन ब्यवसायमा आबद्ध राइनास ६ का जनकराज भट्टराई , कटुस खेती मा आबद्ध राइनास ९ का मोहन बहादुर थापा र लोकल कुखुरा पालन ब्यवसाय गर्ने  मिलन गुरुङ   सम्मानित हुनु भएको छ ।

सम्मान कार्यक्रममा सर्वोत्कृष्ट किसानको रूपमा सम्मानित हुनेलाई नगद रु. २५ हजार सहित सम्मान पत्र र उत्कृष्ट किसानको रूपमा सम्मानित हुनेलाई नगद रु. १५ हजार सहित सम्मान पत्र बाट नगर प्रमुख खडक बहादुर गुरुङ, प्रशासकीय अधिकृत धनेश्वर पौडेल र राइनास ९ का वडा अध्यक्ष एवं आर्थिक विकास समिति संयोजक लुविन्द्र गुरुङले संयुक्त रूपमा कृषकहरूलाई सम्मान गरेको  कृषि शाखा प्रमुख इन्दु रेग्मीले जानकारी दिइन्।


त्यस अबसरमा प्रमुख गुरुङले कृषि तथा पशुपालन क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि कृषि क्षेत्रमा काम गर्न थप प्रोत्साहन गर्ने उदेश्यले किसानलाई नगर प्रमुख उत्कृष्ट कृषक सम्मान प्रदान गरिएको बताए ।
त्यस्तै राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले यस्तो सम्मानले कृषि ब्यवसायलाई निरन्तरता दिन र गैह्र कृषकलाई पनि कृषि व्यवसायमा जोडन प्रोत्साहित गर्ने बताए ।


कार्यक्रममा राइनास ५ का वडा अध्यक्ष संख बहादुर सार्की , ६ का वडा अध्यक्ष गोविन्द चिलुवाल , कृषि शाखा प्रमुख इन्दु रेग्मी , आर्थिक विकास समिति सदस्यहरु,कार्यपालिका सदस्यहरु विषयगत शाखाका कर्मचारीहरु लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण कृषि शाखाका कृषि स्नातक पवन ढकालले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button