प्रहार समाचार ।काठमाडौं २३ असार २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।

राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती समेत गरेका थिए ।
























