प्रहार समाचार । तनहुँ, माघ २६ शुक्रवार । नेशानल प्याप्सन तनहुको आयोजनामा आज दमौलीमा भएको अन्तर विद्यालय खुल्ला नृत्य प्रतियोगिता २०८० को उपाधि दमौली पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुल व्यास- १ भादगाउँ तनहुले हात पार्न सफल भएको छ।
जिल्लाका २२ विद्यालयहरूलाई पछाडिपार्दै उक्त विद्यालयले नगद १६ हजार प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। उक्त प्रतियोगितामा लालीगुराँस विद्यासागर व्यास नगरपालिका -१ दोस्रो हुन सफल भई नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। त्यसैगरी व्यास – १ कै इन्द्रेणी स्काई बोर्डिङ स्कुल तेस्रो भई नगद ८ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। उक्त प्रतियोगितामा आदर्श विद्यागृह व्यास – ४ चौथो तथा सान्त्वना ज्ञान तनहुँ ज्ञान गंगा बोडिङ स्कूल र तनहुँ तारा कुञ्ज व्यास- ५ भएका थिए । उनिहरुले २/२ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे ।

विजयी विद्यार्थीहरूलाई नेशनल प्याप्सन केन्द्रीय उपाध्यक्ष तिलक बहादुर चौहान, केन्द्रीय सदस्य सन्त तमाङ तथा नेशनल प्याप्सन तनहुँका सभापति विश्वेश्वर खनाल लगायतले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

यस अघि उक्त प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तिरमण वाग्लेले यस्ता प्रतियोगिताले लोप हुनलागेका कला, संस्कृति, रितिरिवाज र परम्परालाई जिवन्त राख्ने बताउँदै मौलीक कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।

जिल्ला शिक्षा समन्वय समिति तनहुँका प्रमुख उद्धवराज कट्टेल, नेशनल प्याप्पसनका केन्द्रीय उपाध्यक्ष तीलक बहादुर चौहान, केन्द्रीय सदस्य सन्त तमाङ, पूर्व केन्द्रीय सदस्य सहदेव अधिकारी , प्याप्पसन तनहुँका निवर्तमान अध्यक्ष रामकृष्ण विक, उपाध्यक्ष प्रकाश खड्का , अतिरिक्त कृयाकलाप संयोजक जयराम अधिकारी लगायतले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रष्फुटन हुने बताएका थिए ।

उक्त प्रतियोगितामा लालिगुराँस विद्या सागर बोडिस्कूलका शिक्षक सुरुची रम्तेलले वेष्ट डान्स कोरियोग्राफरअवार्ड पाउन सफल भईन् ।

कार्यक्रमको सहजीकरण सचिव एवं तनहुँ ज्ञानगंगा बोडिङ स्कूलका प्रिन्सिपल ऋषिकेश केशीले गरेका थिए ।

प्रतियतियोगितामा विद्यार्थीहरुले झ्याउरे, मारूनी, तामाङ्सेलो, कौरा, साकेला, घाँटु, पाङ्दुरे ढोल झ्याम्टा, भूमे लगायतका नाचहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक, अविभावक, विद्यार्थी तथा अन्य सर्वसाधारण हरुको बाक्लो उपस्थिति रहेको थियो ।


























