प्रहार समाचार । काभ्रे, माघ २६ शुक्रवार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घर बाटो सिफारिश गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा यही माघ ३ गते पक्राउ परेका बादेविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई कैद सजाय र बिगो बमोजिमको जरिवाना माग गरिएको छ ।


























