प्रहार समाचार । तनहुँ, माघ २३ मंगलवार । युवा हरुलाई खेलप्रति मोह जगाउने र स्तरीय खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले बन्दीपुर- ६ हटिया बाक्सेमा रहेको कुसुम स्मृति युवा क्लवको आयोजनामा प्रथम कुसुम स्मृति खुल्ला टोल तथा गाउँ स्तरीय भलिबल प्रतियोगिता आज सम्मन्न भएको छ।

उक्त प्रतियोगितामा रिसिङ- ४ भिरकोट प्रथम हुन सफल भएको छ। प्रथम भएसंगै भिरकोटले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भयो।

१८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा आयोजक कुसुम स्मृति युवा क्लव द्धितिय भई नगद २० हजार मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा लखन बारी युवा क्लब सान्त्वना भएसँगै नगद १० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको खेल संयोजक विजय रानाले प्रहार समाचारलाई बताए ।

गत तीनदिन अगाडी देखि सुरु भएको उक्त प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ, केन्द्रिय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जामगरले मेडल ट्रफि र प्रमाणपत्र वितरण गर्दै खेलकुँद प्रतियोगिताहरुले स्थानिय स्तरमा लुकेर बसेका खेलाडीहरुको प्रतिभा प्रष्फुटन हुने बताए । कार्यक्रम क्लवका अध्यक्ष संजय मगरको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष मगरले अब प्रत्येक वर्ष नियमित रूपमा यस्ता प्रतियोगिता संचालन गर्ने र पुरस्कारको राशि पनि वृद्धि गरिने बताए ।


























