हेडलाईनसमाचारघिरिङनगरपालिका /गाउँपालिका

तनहुँको घिरिङ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

प्रहार समाचार । तनहुँ, माघ २३ मंगलवार ।तनहुँको घिरिङ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।


यही माघ २७ गते शनिबार घिरिङ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले बताए ।  विपन्न असहाय र वृद्धवृद्धाहरूलाई यस शिविरबाट गाउँमा नै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर गर्न लागिएको पालिकाका अध्यक्ष थापाले जनाए ।

स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियनबाट सामान्य उपचार ,स्त्री तथा प्रसुति रोग विशेषज्ञबाट उपचार , भिडियो एक्सरे , हाडजोर्नी, वालरोग, रगत, पिसबको परिक्षण , मुटुको इसिजी, भिडियो एक्सरे लगायतका सेवा निःशुल्क प्रदान गरिने बताइएको छ।

शिविर कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली पोखराको प्राविधिक सहयोगमा सञ्चालन हुने र स्थानीयहरूलाई शिविर बाट बढिभन्दा बढि फाइदा लिन र उक्त दिन स्वास्थ्य परिक्षण गर्न आउन  प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले आग्रह गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button