हेडलाईनसमाचारप्रदेश

नेपाली कांग्रेसको “समुदायमा काँग्रेस ” अभियान स्थगित

प्रहार समाचार । तनहुँ, माघ २३ मंगलवार ।”समुदायमा जाऔं समाजलाई सुनौ  ” भन्ने मूल नाराका साथ  नेपाली कांग्रेसले सुरु गरेको  ‘समुदायमा कांग्रेस ‘ अभियान   स्थगित भएको छ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको  निधन भएका कारण सम्मान प्रकट गर्न उक्क्त कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

नेता बुढाथोकीको हिजो माघ २२ गते विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

‘समुदायमा कांग्रेस ‘ अभियानक बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित गरिएको नेपाली कांग्रेसले आज जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले यहि माघ १६ गते देख माघ २६ गतेसम्म देशैभरी समुदायमा जाने र समाजका कुरा सुन्ने अभियान सुरु गरेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button