प्रहार समाचार । काठमाडौँ, माघ १९ बुधबार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले बुधवार यही माघ २२ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सरकारले संसद्को अधिवेशन बोलाउन मंगलवार सिफारिश गरेको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने संवैधानिक प्रावधान छ । संसद्को बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।


























