हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

सात दिनदेखि उठेन व्यास नपाको फोहर : बजारमा फोहोरको चाङ्ग बढ्दै

प्रहार समाचार । माघ १० बुधबार । तनहुँको व्यास नगरपालिकामा नकुहिने फोहोर ७ दिन बितिसक्दा पनि नउठ्दा फोहोरको चाङ दिनप्रतिदिन सडकमा बढ्न थालेको छ। जसका कारण नगर दिन प्रतिदिन प्रदूषित बन्दै जान थालेको छ।

व्यास नगरपालिकाले हालसम्म पनि दीर्घकालीन रुपमा ल्यान्डफिल्ड साइडको  व्यवस्था गर्न नसक्दा यस्तो अवस्था आउन पुगेको हो। ‘पर्सिदेखि फोहोर उठ्न सक्छ ‘  व्यास नगरपालिकाका वातावरण तथा सरसफाई शाखाका प्रमुख भाग्यशाली ढुंगानाले प्रहार समाचारलाई बताए ।

उता व्यास नगरपालिकाका बजार क्षेत्रका वडा नं १, २ ,३ र ४ नम्बरका सडक पेटीहरूमा फोहोरको चाङ दिनप्रतिदिन बढ्न जाँदा बजार कुरुप र दुर्गन्धित समेत बन्दै जान थालेको व्यापारी काजी श्रेष्ठले बताए ।

व्यास नगरपालिकाले भने गत २ गते प्रेस विज्ञप्ति निकालेर कुहिने फोहोरलाई अलग्याई उठाइने र नकुहिने फोहोर पुस ३ गते देखि विशेष कारण बस उठाउन नसकिने हुँदा केही दिन स्वयंले घरमा नै सुरक्षित राख्न अनुरोध गरेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले बताएका छन् ।

उता नकुहिने फोहोर नउठेपछि स्थानीय संघसंस्था तथा प्रतिनिधिहरूले व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई बुधबार ज्ञापनपत्र बुझाई तत्काल फोर उठाउनुपर्ने ज्ञापनपत्र बुझाएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button