प्रहार समाचार । काठमाडौँ, माघ १० बुधबार । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे सुरु हुने आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग भिड्दैछ ।ख
पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

नेपाल र पाकिस्तानको युवा टिमबीच दुई महिनामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि गत मंसिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो। यू-१९ विश्वकपमा नेपाल र पाकिस्तानबीच यो तेस्रो प्रतिस्पर्धा हो। यसअघिका दुई प्रतिस्पर्धामा नेपालले एक खेलमा जित निकालेको थियो।

सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो। सो विश्वकपमा यो नतिजालाई प्रतियोगिताकै सनसनीपूर्ण मानिएको थियो ।


























